काठमाडौं : ग्रीन डभेपलपमेन्ट बैंकले ५.१०% लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले ४.८४५% बोनस सेयर र कर तिर्न ०.२५५% नगद गरी कुल ५.१०% लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । ग्रीनले हाल कायम ५० करोड रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस सेयर प्रस्ताव गरेको हो । प्रस्तावित ४.८४५% बोनस सेयरपछि चुक्ता पुँजी ५२ करोड ४२ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।
