Market Closed

जनरल इन्सुरेन्सको असोज ११ गतेबाट ३० करोडको आइपीओ खुल्ने

18 Sep,2020
  • ipo_9_18_2020_8_58_03.jpg
नेपाली पैसा
 
काठमाडौं : जनरल इन्सुरेन्सले कम्पनीले असोज ११ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । जनरलले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ जारी गर्न लागेको हो । जसअनुसार कम्पनीले ३० करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्नेछ । यस इन्सुरेन्सले जारी गर्न लागेको कुल सेयरमध्ये १ लाख २० हजार कित्ता अर्थात् ४% सेयर कर्मचारीले पाउनेछन् । यस्तै, १ लाख ५० हजार कित्ता अर्थात् ५% म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ ।

बाँकी २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यस आइपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा असोज २५ गतेसम्म भर्न सकिने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ ।

लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्कासन पश्चात चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं १ हात्तीसारमा रहेको छ । यस्तै, यस कम्पनीले ३७ वटा शाखा कार्यालय र १० तेस्रो पक्ष बिमा काउन्टर मार्फत् सेवा प्रदान गर्दै आएको छ ।
 

Post Your Comment