हिमालयनको ६४,२७, ३५० कित्ता हकप्रद कात्तिक २६ देखि बिक्री खुला, मंसिर ३० सम्म भर्न पाइने

21 Oct,2016
  • himalaya-bank_1_10_21_2016_11_58_08.jpg
नेपाली पैसा  
काठमाडौं : हिमालयन बैंकले कात्तिक २६ गतेदेखि हकप्रद सेयर निष्कासन खुला गर्ने भएको छ । 
 
बैंकले प्रत्येक सात कित्ता बराबर एक कित्ता हकप्रद दिन लागेको हो । यसका लागि बैंकले एक सय रूपैयाँ अंकित मूल्यको ६४ लाख २७ हजार तीन सय ५० कित्ता हकप्रद सेयर बिक्री खुला गर्नेछ । 
 
हिमालयनको हाल चुक्ता पुँजी चार अर्ब ४९ करोड ९१ लाख ४५ हजार रूपैयाँ रहेको छ । यो सेयर कात्तिक नौ गतेसम्म कायम सेयरधनीले मात्र भर्न पाउनेछन् । हकप्रद सेयर भर्ने अन्तिम म्याद मंसिर ३० गतेसम्म तोकिएको छ । 
 
राष्ट्र बैंकले चुक्ता पुँजी बढाएर आठ अर्ब रूपैयाँ पुर्याउनुपर्ने बाध्यकारी व्यवस्था गरेपछि बैंकले हकप्रदलाई पनि एउटा आधार बनाएको हो । 
 
१४ प्रतिशत हकप्रद जारी गरेपछि बैंकको चुक्ता पुँजी पाँच अर्ब १४ करोड १८ लाख ८० हजार रूपैयाँ पुग्नेछ । यसबाहेक चुक्ता पुँजी थप बढाउन बोनसलगायतका औजार बाँकी नै छन् । 
 
हिमालयनमा हकप्रद सेयर निष्कासनको काम लक्ष्मी क्यापिटल लिमिटेडले गर्दैछ । यो हकप्रद भर्न लगानीकर्ताले हिमालयन बैंकको सबै शाखा कार्यालय र लक्ष्मी क्यापिटल लिमिटेड हात्तिसारबाट आवेदन फारम लिन र बुझाउन सक्नेछन् ।