Market Closed

हिमालयन जनरलले लाभांश लिन बोलायो, मंसिर २२ गतेसम्म म्याद

08 Nov,2019
  • Dividend_Dark__11_8_2019_2_53_35.jpg
नेपाली पैसा 
 
काठमाडौं : हिमालयन जनरल इन्सुरेन्सले आफ्ना सेयरधनीलाई बाँकी रहेको लाभांश लैजान सूचना जारी गरेको छ । केही सेयरधनीहरुले आर्थिक वर्ष २०७१–७२ सम्मको नगद लाभांश अहिलेसम्म पनि लगेका छैनन् । यसरी, लिन बाँकी रहेकाहरुले मंसिर २२ गते भित्र सेयर रजिष्ट्रार एनएमबि क्यापिटल नागपोखरी, काठमाडौंमा सम्पर्क गरेर लाभांश लैजान सक्नेछन् ।

नगद लाभांश लिन जाँदा सेयरधनीले आफ्नो परिचयपत्र पनि साथमा बोक्नुपर्नेछ । मंसिर २२ गते सम्म पनि नलैजानेको लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कानुनी प्रावधान छ । त्यसपछि प्रमाणसहित कोषमा गएर लाभांश दाबी गर्नुपर्ने हुन्छ ।

Post Your Comment