Market Closed

आइसीएफसी फाइनान्सको नगद लाभांश खातामा पुग्यो

17 Jan,2021
  • Dividend_12_21_2017_11_02_45_12_17_2020_11_54_27_1_17_2021_10_37_07.jpg
नेपाली पैसा 

काठमाडौं  : आइसीएफसी फाइनान्सले सेयरधनीलाई ४.५०% नगद लाभांश बैंक खातामा पठाउन सुरु गरेको छ । कम्पनीले पुस १७ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा पुस २९ गतेबाट नगद जम्मा गरिदिन सुरु गरेको हो । यस्तै, पुस १७ पछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको रहेको कम्पनीको भनाई छ । 
 
यता, आइसीएफसीले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ । कम्पनीको पुस २९ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १०.५०% बोनस सेयर र ४.५०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
 

Post Your Comment