Market Closed

आइएमई जनरल इन्सुरेन्सको लाभांश घोषणा

15 Dec,2019
  • bonus_12_15_2019_11_10_47.png
नेपाली पैसा 
 
काठमाडौं : आइएमई जनरल इन्सुरेन्सले लाभांश दिने घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ६% बोनस सेयर र कर प्रयोजनार्थ (०.३१%) ३२ लाख २२ हजार ९४७ नगद लाभांश दिने निर्णय गरेको हो । नियामक निकाय र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।

कम्पनीले ६ करोड १२ लाख ३६ हजार रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । कम्पनीले गत वर्ष ५% बोनस सेयर वितरण गरेको थियो । हाल आइएमई जनरलको चुक्ता पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ पुग्नेछ । 


 

Post Your Comment