Market Closed

इन्फिनिटी लघुवित्तको २५% हकप्रद, १५% लाभांशमा यस्तो छ बुक क्लोज तालिका

02 Dec,2019
  • agm_new_12_2_2019_10_58_02.png
नेपाली पैसा 
 
काठमाडौं : इन्फिनिटी लघुवित्त वित्तीय सस्ंथाले पुस १८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले १५% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैैछ । कम्पनीले गत वर्षको नाफाबाट १०% बोनस र ५% नगद वितरण गर्न थालेको हो । यसले २ करोड ७ लाख ४० हजार रुपैयाँ बराबरको बोनस र १ करोड ३ लाख २७ हजार रुपैयाँको नगद लाभांश वितरण गर्नेछ । 
 
साधारण सभा सहमति (संस्था) विजयचोक, गैडाकोट, नवलपुरमा बिहान ११ बजे सुरु हुनेछ । त्यस्तै, सभामा कम्पनीले बोनस सेयर पश्चात हुने चुक्ता पुँजीबाट २५% हकप्रद ल्याउने एजेन्डा पनि पेश गर्दैछ । बोनसपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । 
 
अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत पेश हुनेछ । आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । 
 
सभाका प्रयोजनका लागी कम्पनीले पुस ४ गतेबाट सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । पुस ३ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । इन्फिनिटीको आइपीओ बिक्री पछिको यो पहिलो लाभांश घोषणा हो । कम्पनीले गत जेठ अन्तिम साता आइपीओ खुला गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी २० करोड ७४ लाख रुपैयाँ छ । बोनस वितरणपछि पुँजी २२ करोड ८१ लाख ४० हजार रुपैयाँ पुग्नेछ । 

Post Your Comment