Market Closed

इन्फिनिटी लघुवित्तको बोनस सेयर पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

20 Jan,2021
  • Bonus_8_15_2_1_20_2021_9_00_36.jpg
नेपाली पैसा 
 
काठमाडौं : इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको १५% लाभांश सुरक्षित गर्ने बिहीबार माघ ८ गते अन्तिम दिन हो । यसआधारमा लाभांश पाउन बुधबार र बिहीबार गरी अब २ दिनमात्र सेयरधनी बन्ने समय बाँकी छ । साधारण सभा प्रयोजनका लागि यसले माघ ९ गतेबाट सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । इन्फिनिटीले माघ २४ गते वार्षिक साधारण सभा बोलाएको छ । यसले १५% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैैछ ।

कम्पनीले गत वर्षको नाफाबाट १४.२५% बोनस र कर प्रयोजनका लागि ०.७५% नगद पनि दिने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय गैडाकोट, नवलपुरमा बिहान ११ बजे सुरु हुनेछ । बोनसपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ ।

अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत पेश हुनेछ । आर्थिक वर्ष २०७६–७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।  

Post Your Comment