Market Closed

मंगलबार एकसाथ २५ कम्पनीको एजीएम, लाभांश कसको कति ?

13 Jan,2020
  • AGM_new_1_1_13_2020_6_24_38.jpg
नेपाली पैसा
 
काठमाडौं : मंगलबार पुस महिनाको अन्तिम दिन । महिनाको अन्तिम दिन (२९ गते) मंगलबार नेप्सेमा सूचीकृत २५ कम्पनीहरुले वार्षिक साधारण सभा बोलाएका छन् । नियामकीय प्रवधान अनुसार नयाँ आर्थिक वर्ष सुरु भएको ६ महिना भित्र गत आर्थिक वर्षको साधारण सभा गरिसक्नुपर्छ । यसै प्रावधानलाई पूर्णता दिन सूचीकृत कम्पनीहरुले अन्तिम प्रहरमा आएर सभा गर्न लागेका हुन् ।
 
यता, सूचीकृत कम्पनीहरुले वार्षिक साधारण सभाको जानकारी सभा हुन भन्दा २१ दिन पहिले दिनुपर्ने व्यवस्था छ । त्यसलाई आधार मानेर पुस २९ गते नै २१ दिन पुग्ने गरी अन्तिम दिन पुस ८ गते २० वटा कम्पनीले साधारण सभा बस्ने सूचना जारी गरेका थिए । यद्दपि, केहीले भने उक्त समय (पुस ८ गते) पछाडि पनि सूचना जारी गर्दै पुस २९ गतेलाई सभा मिति आह्वान गरेका थिए । सूचीकृत अधिकांश कम्पनीले पुस महिनामा साधारण सभा सम्पन्न गर्दैछन् ।

तर अझै पनि केही कम्पनीले भने सामान्य कानुनी प्रावधानलाई समेत समेत लत्याउँदै पुस अन्तिमसम्ममा पनि सभा गर्ने सुरसार नै गरेका छैनन् । निर्धारित समयमा तोकिएका काम सम्पन्न नहुनुले सुशासनमा समस्या रहेको बुझ्न सकिन्छ । यद्दपि, कतिपय कम्पनीले नियामकबाट प्रारम्भिक रुपमै लाभांश वितरण अनुमति नपाएको वा अन्य केही कारण देखाउँदै सभा गर्न नसकेको बताएका छन् । तथापि, जे कारण भए पनि निर्धारित समयमा गर्न नसक्नु कमजोरी नै हो । 

                                         हेरौं पुस २९ गते कुनकुन कम्पनीले साधारण सभा गर्दै छन् :


हुन त सूचीकृत कम्पनीहरुले भदौ–असोजदेखि नै लाभांश घोषणा गरी साधारण सभा बोलाउन सक्छन् । तर अधिकांशमा समय घर्किन लागेपछि काम गर्ने प्रवृत्ति हावी छ । चालु आर्थिक वर्ष सुरु भएको ४ महिना बितिसक्दा सम्म निकै न्यून कम्पनीले मात्र लाभांश प्रस्ताव तथा वार्षिक साधारण सभा सम्पन्न गरेको देखिन्छ । आम लगानीकर्ताले पब्लिक कम्पनीहरुमा छिटोछरितो कामको अपेक्षा गरेका हुन्छन् ।

यसरी समय सीमा सकिनु अन्तिम समयमा कम्पनीको सभाको मिति तय हुनुले कम्पनीहरुले अन्तिम समयमा हतारियर काम गरेको प्रस्ट हुन्छ । पुस अन्तिम दिन मंगलबार सभा आवाह्न गरेका अधिकांश कम्पनीहरुले गत वर्षको नाफाबाट लगानीकर्तालाई प्रस्ताव गरेको लाभांश पारित गर्ने विशेष प्रस्ताव राखेका छन् । यता, केही कम्पनीले भने लागानीकर्ताको लागि कुनै पनि लाभांश प्रस्ताव गरेका छैनन् ।

लाभांश प्रस्ताव नगर्नेमा ग्रीन डेभलपमेन्ट बैंक, सिटी एक्सप्रेस र समृद्धि फाइनान्स तथा बरुण हाइड्रोपावर रहेका छन् । साथै, कम्पनीहरुले कुनै वित्तीय संस्था प्राप्त गर्ने वा मर्जर सम्बन्धी कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि सभामा लैजाँदैछन् ।

आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि सबैले राखेका छन् । अधिकांश कम्पनीले बिहान १० बजेदेखि ११ः३० बजेभित्रको समयमा साधारण सभा बोलाएका छन् । 
 


 

Post Your Comment