ज्योति विकास बैंकको सेयर कारोबार खुल्यो, झिमरुकसँग सम्पन्न भयो मर्जर

27 Sep,2016
  • Jyoti-bikash-bank_9_27_2016_11_46_14.jpg
नेपाली पैसा 
काठमाडौं : ज्योति विकास बैंकको मंगलबारदेखि सेयर कारोबार खुला भएको छ । 
 
झिमरुक विकास बैंकसँग मर्ज सम्पन्न भएपछि सेयर कारोबार पनि खुला भएको हो ।  
मर्ज प्रक्रियाका कारण सेयर कारोबार लामो समयदेखि स्थगित भएको थियो ।

दुवै बैंक मर्ज भएर एकीकृत कारोबार भने यसअघि नै सुरू भइसकेको छ । ज्योति विकास बैंकले राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउने क्रममा प्युठानमा केन्द्रीय कार्यालय रहेको झिमरुकसँग मर्जमा गएको हो । 
 
ज्योति विकास बैंकको भने केन्द्रीय कार्यालय काठमाडौंमा छ । गत आर्थिक वर्षको रिपोर्ट अनुसार ज्योति विकास बैंकको चुक्ता पुँजी ९२ करोड ३४ लाख ७६ हजार रूपैयाँ थियो । 
 
यो बैंकको मात्रै रिजर्भ कोषमा २३ करोड ४० लाख ९७ हजार रूपैयाँ छ भने गत वर्ष बैंकले १५ करोड २१ लाख ४७ हजार रूपैयाँ खुद नाफा कमाएको छ ।
 
उता, झिमरुक विकास बैंकको चुक्ता पुँजी असार मसान्तको रिपोर्टमा आठ करोड ४५ लाख १७ हजार थियो । दुई करोड ६८ लाख रूपैयाँ रिजर्भमा रहेको झिमरुकले एक करोड ९७ लाख रूपैयाँ खुद नाफा कमाएको थियो ।