जेबिल्स फाइनान्स :कम्पनी विश्लेषण

02 Apr,2016
  • jebils_finance_4_2_2016_4_26_07.jpg
जेबिल्स फाइनान्स :कम्पनी विश्लेषण (शुक्रवार, १९ चैत २०७२)
 

प्राविधिक विश्लेषण

  •     आरएसआई न्युट्रल जोन (६० स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएशन ३ बिन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।
  •    मुभिङ एभरेज : अल्पकालीन सातदिने औसत मूल्यरेखा र २१ दिने मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य सातदिने मूल्यरेखा र ट्रेण्ड लाइनभन्दा तल छ भने २१ दिने रेखाभन्दा माथि छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. १ सय ६८ मा टेवा र मूल्य महँगिएमा रू. १ सय ८९ मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको आव २०७१/७२ र आव २०७२/७३ को दोस्रो त्रैमासिक वित्तीय विवरणबीच तुलना :

  •  कम्पनीको दोस्रो त्रैमासमा खुद नाफा ४५ दशमलव ७३ प्रतिशत बढेर रू. ३६ लाख ४९ हजार पुगेको छ । सञ्चालन नाफा ४८ प्रतिशत बढ्नाले र गत आवमा रहेको रू. ६ लाख ९६ हजार खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल हुनाले खुद नाफा बढेको हो ।
  •  खुद ब्याज आम्दानी ३४ दशमलव ९६ प्रतिशत घटेको छ । ब्याज आम्दानी १८ दशमलव २८ प्रतिशत र ब्याज खर्च ८ दशमलव ५४ प्रतिशत घटेको छ ।
  •  कर्मचारी खर्च १ दशमलव ८५ प्रतिशत, अन्य सञ्चालन खर्च शून्य २५ प्रतिशत बढेको छ भने कुल सञ्चालन नाफा ३१ प्रतिशत घटेको छ ।
  •  स्थिर सम्पत्ति रू. ४७ लाख ३८ हजार र अन्य सम्पत्ति रू. ५ करोड ५७ लाख रहेको छ ।
  •  कम्पनीले रू. ८६ करोड  ९३ लाख कुल निक्षेप सङ्कलन गरी रू. ८० करोड ४७ लाख कर्जा प्रवाह गरेको छ ।
  •  कम्पनीको निष्क्रिय कर्जा ४ दशमलव ४५ प्रतिशत र सीडी रेशियो ७३ दशमलव ४१ प्रतिशत छ ।
  •  पूँजी कोष लागत ७ दशमलव २२ प्रतिशत र पूँजी कोष पर्याप्तता २८ प्रतिशत छ ।
  • गत पुस मसान्तसम्ममा विगत १२ महीनाको आम्दानीका आधारमा प्रतिशेयर आम्दानी रू. १८ छ ।