Market Closed

कालिकाको आकर्षक प्रगतिः नाफा ५०२.४९% ले बढ्दा अन्य सूचक कस्तो ?

08 Nov,2019
  • Kalika-Microcredit_7_24_2018_12_59_57.jpg
नेपाली पैसा
 
काठमाडौं : कालिका लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा आकर्षक प्रगति गरेको छ । यसअवधिमा यसको खुद नाफा ५०२.४९% ले बढेर ७४ लाख ८३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसैअवधिमा यसले १२ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको थियो । 

कालिकाको जगेडा कोष ८०.१२% ले बढेर १० करोड ५४ लाख ४७ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, खुद ब्याज आम्दानी ३९.२९% र सञ्चालन नाफा २८६७.२४% ले बढेको छ । असोज मसान्तसम्म कालिकाको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ १९७ रुपैयाँ ६७ पैसा रहेको छ । 

कालिका र जनसेवी लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन् । मर्जरमा जाने प्रस्ताव पारित गर्न दुवैले कात्तिक २५ गते विशेष साधारणसभा बोलाएका छन् । कालिकाले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १२% बोनस सेयर र ०.६३% नगद लाभांश गरी कुल १२.६३% लाभांश दिने प्रस्ताव गरेको छ । 

Post Your Comment