Market Closed

किसान माइक्रोफाइनान्सको नाफा २६.३९% ले घट्नुको यस्तो छ कारण

28 Jan,2020
  • profit-driven-m_1_28_2020_10_53_49.png
नेपाली पैसा
 
काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा किसान माइक्रोफाइनान्सको नाफा २६.२९% ले घटेको छ । पुस मसान्तसम्म यसको नाफा ७४ लाख ४१ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष यसले १ करोड १ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । किसानको सञ्चालन नाफा घटेको र खराब कर्जा बढेकोले खुद नाफा घटेको हो ।

सञ्चालन नाफा ६६.५२% ले घटेको छ भने खराब कर्जा १.८४% ले बढेको छ । खराब कर्जा बढ्दा प्रोभिजन वृद्धि गर्नुपर्ने हुन्छ । किसानको खुद ब्याज आम्दानी भने २६.४०% ले बढेको छ । यता, खुद नाफा घटेको असर प्रतिसेयर आम्दानीमा परेको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ १३ पैसाले घटेर ६ रुपैयाँ ९८ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ८१ पैसा छ । 



किसानको दोस्रो त्रैमासको रिपोर्ट हेर्नुहोस् । 

पाँच लघुवित्तको लाभांश पारित, कुन–कुनले ल्याउँदैछन् हकप्रद सेयर ?

 

Post Your Comment