कर्णाली बैङ्कको हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला

25 Apr,2016
  • karnali_4_25_2016_12_26_23.jpg
 
 
बैशाख १३, काठमाडौं । कर्णाली डेभलपमेण्ट बैङ्कले दुई शेयर बराबर एक (२ः१) शेयरको अनुपातमा रू. १ सय अंकित दरको ४ लाख कित्ता शेयर जेठ २ गतेदेखि निष्काशन बिक्री तथा खुल्ला गरेको छ । बैङ्कको शेयर बिक्री असार ५ गते बन्द हुनेछ । इच्छुक लगानीकर्ताहरुले कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्रोमोर मर्चेन्ट बैङ्कर लिमिटेड दरबारमार्गबाट दरखास्त दिन सकिन्छ ।
बैङ्कको हकप्रद शेयर निष्काशन गर्नका लागि ईक्रा नेपालबाट ग्रेड फोरको रेटिङ पाएको छ । यसले कम्पनीको हकप्रद शेयरको अवस्था आधारभूत पक्षभन्दा कमजोर रहेको देखाउँछ । कम्पनीको समग्र वित्तीय अवस्थाको आधारमा रेटिङ प्रदान गरिएको हुन्छ । यस हकप्रद शेयर प्रयोजनको लागि बैङ्कको शेयर धनी दर्ता किताब बैशाख १४ गते बन्द हुने भएको छ ।