सेयर बजारबाट राम्रो प्रतिफल लिन सकिने बेला आएको छ : दिपेश वैद्य

10 Jan,2020
  • dipesh_2_1_10_2020_6_03_48.jpg
नेपाली पैसा
 
काठमाडौं : अहिलेकै अवस्थामा पनि सेयर बजारबाट १५ देखि २०% सम्म प्रतिफल लिन सकिने कृति क्यापिटल एन्ड इनभेन्टमेन्ट लिमिटेडका प्रबन्ध निर्देशक दिपेश वैद्यले बताएका छन् । पुँजी बजार विस्तारै सुधार हुने क्रममा छ । लगानी गरेर लाभ लिन सकिने अवस्था छ । पुँजी बजार बुलिस प्रवृत्तिमा जाँदा लाभको मात्रा अझै बढ्न सक्छ । तर यसका लागि आम लगानीकर्ताले सेयर बजारका बारेमा गहिरो अध्ययन अनुसन्धान गरेर मात्रै लगानी गर्नुपर्छ, उनले भने । आवश्यक अध्ययन अनुसन्धान बिना गरिने लगानीमा भने जोखिम बढी हुन्छ । 
 
नेपाली पैसाको कार्यक्रम ‘फिन टक’ मा कुरा गर्दै उनले भने, सेयर बजारका बारेमा अध्ययन अनुसन्धान गर्न चहाने व्यक्तिका लागि नियामकले सहजीकरण गरिदिनुपर्छ । सर्वसाधारणले मुनाफा मात्र प्राप्त हुने आशमा एक पक्षीय हिसाबले सोचर लगानी गर्नु हुँदैन । लगानीमा प्रतिफलसँगै नोक्सानीको पनि उत्तिकै सम्भावना रहेको छ । यसर्थ, लगानी गर्नुपूर्व प्रतिफलसँगै ‘रिक्स’ पनि छ भनेर सधैं सम्झिनुपर्छ, उनले भने ।

अध्ययन अनुसन्धान गर्न नभ्याउने लगानीकर्ताले लगानी व्यवस्थापन (पोटफोलियो म्यानेजमेन्ट) लगायतका संस्थाहरुबाट सेवा लिन सकिन्छ । कृति क्यापिटल लगायतका संस्थाले अहिले यही काम गरिरहेको उनको भनाई छ । यस्ता संस्थाको सेवा लिएपछि तुलनात्मक रुपमा कम जोखिम र लाभको सम्भवाना बढी हुन्छ । 
 
अहिले मुलुकमा स्थिर सरकार छ । यसले समग्र पुँजी बजारको  विकास र सुधारका लागि नीति नियम बनाउने अपेक्षा आम लगानीकर्ता र धितोपत्र व्यवसायीले गरिरहेको पनि वैद्यले बताए । उनले भने, ‘स्थिर सरकारले पुँजी बजार सुधारको लागि आवश्यक नविनतम नीति नियम बनाउने आम लगानीकर्ताको अपेक्षा अहिलेसम्म पूरा हुन नसकेको पनि उनले बताए ।

यद्दपि, पछिल्लो पुँजी बजार डाइनामिक बन्दै गएको छ । बजारमा नयाँ आयम थपिएका छन् । धितोपत्रका नयाँ औजारहरु पनि थपिने क्रममा छन् । लगानीकर्ताले पनि विस्तारै सिक्दै जान थालेका छन् । समग्रमा पुँजी बजारको दीर्घकालीन भविष्य उज्जवल रहेको उनले बताए । 
 

Post Your Comment