Market Closed

लुम्बिनी विकास बैंकको लाभांश पारित, साधारण सभा सम्पन्न

14 Jan,2020
  • lumbini_1_14_2020_5_51_33.jpg
नेपाली पैसा 
 
काठमाडौं : लुम्बिनी विकास बैंकको २०% लाभांश पारित भएको छ । मंगलबार सम्पन्न साधारण सभाले लाभांश प्रस्ताव अनुमोदन गरेको हो । सभा अमृतभोग, कालिकास्थानमा आयोजना गरिएको थियो । बैंकले गत वर्षको नाफाबाट ५% बोनस सेयर र १५ नगद लाभांश दिएको हो । सभाले कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा यस सम्बन्धी काम गर्ने अधिकार सञ्चालक समितिलाई प्रत्यायोजन पनि गरेको छ ।
 
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गरिएको छ । साधारण सभा तथा लाभांश वितरण गर्न बैंकले पुस २३ गतेदेखि २९ गतेसम्म बुक क्लोज गरेको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लुम्बिनीले ११ करोड ९९ लाख ३९ हजार रुपैयाँ कमाएको छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५५ पैसामा र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ४१ पैसा रहेको छ ।
 

Post Your Comment