लक्ष्मी बैंकको नाफा २४.७६% ले बढ्यो, प्रतिसेयर आम्दानी १८.४१ रुपैयाँ

28 Jan,2020
  • Laxmi-bank-Ltd_1_4_24_2018_11_08_52_11_3_2019_10_57_49_12_8_2019_10_03_29.jpg
नेपाली पैसा

काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लक्ष्मी बैंकले ९० करोड ३० लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिमा भन्दा २४.७६% ले बढी हो । गत वर्ष यसैअवधिमा बैंकले ७२ करोड ३७ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको थियो । पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ५९ करोड १८ लाख ४४ हजार रुपैयाँ रहेको छ । 

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः १९.९४% र २०.०१% ले बढेको छ । साथै, बैंकको खराब कर्जा पनि घटेको छ । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४१ पैसा रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ९० पैसा छ । 

Post Your Comment