Market Closed

लक्ष्मी इक्विटीको नेपाल बैंककमा सबैभन्दा धेरै लगानी, न्याभ पनि बढ्यो

27 Feb,2020
  • mutual_img_2_27_2020_10_21_58.png
नेपाली पैसा 
 
काठमाडौं : लक्ष्मी इक्विटी फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) माघ मसान्तसम्म ९ रुपैयाँ ८२ पैसा कायम भएको छ । यो पुससम्मको भन्दा ५३ पैसाले धेरै हो । पुससम्म यसको न्याभ ९ रुपैयाँ २९ पैसा थियो । माघसम्म सूचीकृत सेयरमा लगानी भने ३.४३% ले घटेर ७६ करोड ६५ लाख १४ हजार ६२ रुपैयाँ पुगेको छ । पुसमा यसले ७९ करोड ३७ लाख ७९ हजार ३४४ रुपैयाँ लगानी गरेको थियो । 
 
यस अवधिसम्म यो फन्डले ६० वटा सूचीकृत कम्पनीहरुमा लगानी गरेको छ । जसमा सबैभन्दा धेरै लगानी नेपाल बैंकमा रहेको छ । नेपाल बैंकको १ लाख ४६ हजार ६५० कित्ता सेयरमा ३ करोड ९१ लाख ५५ हजार ५५० रुपैयाँ लगानी छ । फन्डको माघसम्मको बैंक मौज्दात बढेर ३४ करोड १६ लाख २४ हजार ६७४ रुपैयाँ पुगेको छ । यो अघिल्लो महिनाको भन्दा ६१.२२% धेरै हो । पुसमा यस फन्डको बैंक मौज्दातमा २१ करोड १८ लाख ९२ हजार ६२५ रुपैयाँ थियो ।
 

Post Your Comment