Market Closed

एलआइसीको नाफा ५१.५४% ले घट्नुमा यस्तो रहेको छ मुख्य कारण

15 Nov,2019
  • life-insurance-_8_9_2019_8_01_58.jpg
नेपाली पैसा
 
काठमाडौं : लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालको चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा खुद नाफा ५१.५४% ले घटेर २ करोड ३६ लाख ७८ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष यसैअवधिमा यसले ४ करोड ८८ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीका अनुसार बिमांकीय मूल्यांकन हुन बाँकी रहेकाले आर्थिक वर्ष २०७५–७६ देखिको नाफा समावेश गरिएको छैन ।

बिमांकीय मूल्यांकन नगरिएकाले यसलाई नाफामा समावेश गरिएको छैन । जसका कारण खुद नाफा बेस्सरी घटेको देखिएको हो । यस इन्सुरेन्सको जीवन बिमा कोषको आकार २५.५३% ले फराकिलो भएको छ । गत वर्ष यसैअवधिमा ४६ अर्ब ४ करोड ५१ लाख ५४ हजार रुपैयाँ रहेको जीवन बिमाको आकार ५७ अर्ब ८० करोड ४२ लाख ८९ हजार रुपैयाँ रहेको छ ।

असोज मसान्त सम्ममा प्रतिसेयर आम्दानी २ रुपैयाँ ४८ पैसाले घटेर १ रुपैयाँ १८ पैसामा झरेको छ । प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ७५ पैसा छ । 



एलआइसीको वित्तीय विवरण

Post Your Comment