Market Closed

एलआइसी नेपालको आधारभूत र प्राविधिक विश्लेषण गर्दा यस्तो देखिन्छ समग्र अवस्था

17 Jan,2021
  • lic_nepal_5_18_2020_9_13_43.jpg
नेपाली पैसा 
 
आधारभूत विश्लेषण 
 
काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले ५ करोड ७९ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमा भन्दा १४४.६४% ले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यस इन्सुरेन्सले २ करोड ३६ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको थियो । असोज मसान्तसम्म आइपुग्दा यस इन्सुरेन्सको खुद बिमा शुल्क र बिमा कोषको आकार बढेकाले पनि खुद नाफा वृद्धिमा सहयोग पुगेको हो ।

यसअवधिमा एलआइसीको खुद बिमा शुल्क २०.४१% ले बढेर ५ अर्ब ३ करोड ३१ लाख ३२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ४ अर्ब १७ करोड ९७ लाख २१ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको थियो । १ वर्षको अवधिमा बिमा कोषको आकार २२.३७% ले बढेर ७० अर्ब ७३ करोड ७१ लाख ९४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा बिमा कोषको आकार ५७ अर्ब ८० करोड ४२ लाख ८९ हजार रुपैयाँ थियो । 
 
असोज मसान्तसम्ममा एलआइसीको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ छ । जगेडा कोषमा ५७ करोड ६२ लाख ६२ हजार रुपैयाँ छ । यसअवधिमा यो इन्सुरेन्सले २ अर्ब ७५ करोड ३० लाख ४९ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम २१ करोड १३ लाख ८९ हजार रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी २ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ४३ पैसा रहेको छ । 

एलआइसी नेपालको वित्तीय विवरण हेर्नुहोस् 

एलआइसी नेपालले घोषणा गर्यो लाभांश










फ्लोरसीट


 
प्राविधिक विश्लेषण 

 


 
यस साता कारोबार बन्द हुँदा हरियो लामो मैनबत्ति बनेको छ । साताभर कम्पनीको मूल्य बढेको देखिन्छ । यद्दपि, मैनबत्तिको माथिल्लो भागमा रहेको लामो स्याडोले केहीले नाफा बुकतिर लागेको बुझ्न सकिन्छ । मैनबत्ति आकृतिले लगानीकर्ता मनोविज्ञान दर्साउने गर्छ । 
 
दैनिक १४ दिने  रिलेटिभ स्ट्रेन्थ इन्डेक्स 
 
१४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ६० बाट ७२ को स्केल आएको छ । आरएसआई ३० भन्दामुनि ओभर शोल्ड तथा ७० स्केल भन्दा माथि ओभरबटमा विभाजन गरी बजारमा रणनीति बनाउन उपयोगी औजार हो । 
 
मुभिङ एभरेज कन्भरजेन्स डाइभरेन्जस 
 
यस साताको मंगलबार एमएसीडी रेखाले सिग्लन रेखालाई तलबाट माथि क्रस गरेको छ भने हिस्टोग्राम पनि सेन्ट्रल लाइनभन्दा माथि आएको छ । यसले बुलिश मोमेण्टम रहेको जनाउछ । एमएसीडीको दुई वटा रेखामध्ये एउटा रेखाले बजारको दिशा परिवर्तन र अर्कोले प्रवृत्ति देखाउने गर्दछ । साथै, एमएसीडी रेखाले सिग्लन रेखालाई तलबाट माथि काटेमा यसलाई सकारात्मक र माथिबाट तल काटेमा यसलाई नकारात्मक संकेतका रुपमा बुझ्ने गरिन्छ । 
 
१० दिने तथा २० दिने मुभिङ एभरेज 
 
ट्रेन्डलाई पछ्याउने औजार  १० दिने मुभिङ एभरेज तथा २० दिने मुभिङ एभरेज पनि बुधवार बुलिश क्रममै गएको छ । 
 
बोलिन्जर ब्याण्ड 
 
भोलाटिलिटी मापन गर्ने बोलिन्जर ब्याण्डहरु अपर ब्याण्ड, मिडल ब्याण्ड तथा लोअर ब्याण्ड गरी तीनवटा रेखा रहेका हुन्छन् । बोलिन्जर ब्याण्ड खुम्चिंदा कम उतारचढाव हुने तथा तन्किंदा बढी उतारचढाव हुने गर्दछ । यस साता मूल्यले माथिल्लो ब्याण्डलाई ब्रेक गरेको छ । गत हप्ता मिडल ब्यान्डमा टेवामा बसेको थियो ।
 
निष्कर्ष 
 
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले ५ करोड ७९ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमा भन्दा १४४.६४% ले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यस इन्सुरेन्सले २ करोड ३६ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको थियो । यसआधारमा आधारभूत हिसाबले हेर्दा कम्पनीको प्रगति निकै राम्रो रहेको देखिन्छ । 
 
प्राविधिक विष्लेषणका आधारमा पनि कम्पनीको मूल्य अझ बढ्ने सम्भावना प्रबल रहेको देखिन्छ । यस साता सार्वजनिक विदाका कारण ४ दिनमात्र कारोबार भयो । यस कम्पनीको कारोबारको अन्तिम दिनमा भाउ वृद्धि भएको छ । प्राविधिक औजार १४ दिने आरएसआई ६० को स्केलबाट ७० स्केलमा पुगेको छ । १० दिने मुभिङ एभरेजले २० दिने मुभिङ एभरेजलाई क्रस गरेर माथि बढेको छ ।

त्यस्तै, एमएसीडीले सिग्नल लाइनलाई क्रस गरेर माथि गएको छ भने हिस्टोग्राम सेन्ट्रल लाइन भन्दामाथि बढेकाले बुलिश स्ट्रेन्थ रहेको देखाउँछ । केही हप्तादेखि बलियो अवरोधका रुपमा  रहेको २१ सय ५० रुपैयाँलाई पनि यस साता ब्रेक गर्न सफल भएको छ । हालका लागि यस कम्पनीको बजार भाउ अनुसार अर्को अवरोध २३ सय ५० तथा टेवा १९ सय ७० रुपैयाँमा रहेको देखिन्छ । 
 
सावधानी : यो विश्लेषण आफैंमा पूर्ण होइन । यसर्थ, गहन अध्ययन र विश्लेषण गरेरमात्र लगानी सम्बन्धी निर्णय लिनु हुन आम लगानीकर्ताहरुसँग अनुरोध गरिन्छ । 
 

Post Your Comment