Market Closed

लक्ष्मी लघुवित्तको नाफा ४६.१३% ले बढ्दा प्रतिसेयर आम्दानी ५० रुपैयाँ ९५ पैसा

23 Jan,2020
  • Laxmi-laghubitta-bittiya-sanstha-_10_30_2017_10_40_42_12_6_2019_10_13_40.jpg
नेपाली पैसा
 
काठमाडौं : लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ७ करोड ८ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा ४६.१३% ले बढी हो । गत वर्ष यसैअवधिमा लक्ष्मी लघुवित्तले ४ करोड ८५ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । पुस मसान्तसम्म आइपुग्दा लक्ष्मीको खुद ब्याज आम्दानी ३३.३७% ले बढेर १८ करोड २२ लाख २९ हजार रुपैयाँ पुगेको छ ।

सञ्चालन नाफा पनि ४५.७९% ले बढेर ११ करोड ११ लाख २९ हजार रुपैयाँ पुगेको छ । लक्ष्मीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ८५ पैसाले बढेर ५० रुपैयाँ ९५ पैसामा पुगेको छ । प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ९५ पैसा छ । यता, यसको खराब कर्जा भने ०.३४% ले बढेर १.५५% कायम भएको छ । 



लक्ष्मी लघुवित्तको दोस्रो त्रैमासको वित्तीय विवरण यहाँबाट हेर्नुहोस् । 

लक्ष्मी लघुवित्तको नगद लाभांश खातामा, नपाएको भए यस्तो छ कारण


Post Your Comment