Market Closed

लक्ष्मी उन्नति कोषको इकाईमा आवेदन दिने आज अन्तिम दिन

09 Aug,2020
  • MUTUAL-FUND_4_29_2019_6_35_28.jpg
नेपाली पैसा 
 
काठमाडौं : लक्ष्मी उन्नति कोषको म्युचुअल फन्डमा आवेदन दिने आज आइतबार (साउन २५ गते) अन्तिम दिन हो । आइतबार कार्यालयसमय सम्म मात्र यसमा आवेदन दिन सकिनेछ । फन्डले साउन ११ गतेबाट ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई (युनिट) म्युचुअल फन्ड बिक्री खुला गरेको हो । यस फन्डले १५% (१ करोड २० लाख) इकाई कोष प्रवद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित गरी बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला छ । 
 
न्यूनतम १०० देखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस योजनामा प्रतिइकाई १० रुपैयाँका दरले आवेदन दिन पाइनेछ । लगानीकर्ताले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्नेछन् । फन्डको व्यवस्थापक लक्ष्मी क्यापिटल रहेको छ ।

यसअघि गत चैत ९ गतेदेखि यो म्युचुअल फन्ड बिक्री खुला गर्ने तयारी गरिएको थियो । तर कोरोना त्रास र लक डाउनका कारण अनिश्चितकालीन स्थगित गरिएको थियो । अहिले फेरि अवस्था सहज हुँदै गएको भन्दै पुनः बिक्रीमा ल्याइएको हो ।  
 
 
 

Post Your Comment