नेपाली पैसा
काठमाडौं : महालक्ष्मी विकास बैंकको सेयर स्वामित्व परिमार्जन भएको छ । जसमा बैंकको १.४९% हिस्सा संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भएको हो ।
रुपान्तरणपछि अब संस्थापक समूहको हिस्सा ५१% र सर्वसाधारण समूहको ४९% अनुपात कायम भएको छ । यसअघि बैंकमा संस्थापक समूहको ५२.४९% र सर्वसाधारण समूहको ४७.५१% हिस्सा रहेको थियो ।