Market Closed

माछापुच्छ्रे क्यापिटलको पहिलो एजीएम मंसिर ४ मा, कृतिसँग मर्ज हुँदै

29 Oct,2020
  • agm_image_11_24_2017_6_18_11.png
नेपाली पैसा
 
काठमाडौं : माछापुच्छ्रे क्यापिटलको प्रथम वार्षिक साधारण सभा मंसिर ४ गते बस्ने भएको छ । सभामा ६.४% नगद लाभांश वितरण गर्ने प्रस्ताव हुनेछ । साथै, कृति क्यापिटल एन्ड इन्भेष्टमेन्टसँग भएको मर्जर सम्झौता अनुमोदन गर्ने प्रस्ताव पनि रहेको छ । सञ्चालक समितिको मर्जर सम्बन्धी प्रतिवेदनमा छलफल गरी पारित गर्ने एजेन्डा पेश हुनेछ ।
 
यता, मर्जरपछि पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र संशोधन गरी अधिकृत पुँजी ३० करोडबाट ४० करोड रुपैयाँ पुर्याउने प्रस्ताव रहेको छ । यस्तै, जारी पुँजी २० करोडबाट वृद्धि गरी ३१ करोड ४८ लाख ३२ हजार रुपैयाँ र चुक्ता पुँजी २० करोडबाट २६ करोड ७६ लाख ७ हजार २०० रुपैयाँ पुर्याउने प्रस्ताव पेश हुनेछ । 
 
कम्पनीको सेयर संरचना परिवर्तन गरी संस्थापक हिस्सा ८५% र सर्वसाधारण हिस्सा १५% बनाइने भएको छ । मर्जरपछि कम्पनीले नाम ‘माछापुच्छ्रे कृति क्यापिटल’ राखिने भएको छ । साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय, लाजिम्पाट एमबीएल टावरमा अपराह्न ३ बजे बस्नेछ ।

Post Your Comment