Market Closed

मध्य भोटेकोशीको डेढ अर्बको आइपीओ आउँदै, नागरिक लगानी कोष अण्डरराइटर

14 Jan,2020
  • cit_1_14_2020_3_53_49.jpg
नेपाली पैसा
 
काठमाडौं : मध्य भोटेकोशी जलविद्युत् कम्पनीले १ करोड ५० लाख कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ अर्ब ५० करोड रुपैयाँ बराबरको आइपीओ ल्याउन लागेको हो । यसमध्ये स्थानीय बासिन्दाको लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता (१०%) र सर्वसाधारणले ९० करोड रुपैयाँको ९० लाख कित्ता (१५%) सेयर पाउनेछन् ।  
 
यसैबीच, कम्पनीले स्थानीय र सर्वसाधारणमा जारी हुने यस सेयरका लागि नागरिक लगानी कोषसँग प्रत्याभूति (अण्डरराइटिङ) समेत गरेको छ । अर्थात् कुनै कारणबश यो सेयर बिक्री नभएमा नागरिक लगानी कोषले व्यहोर्नुपर्नेछ । भोटेकोशीले दोस्रो चरणमा स्थानीय बासिन्दा र सर्वसाधारणलाई आइपीओ जारी गर्न लागेको हो ।

संस्थापक सेयरधनीले ५१% सेयर आर्थिक वर्ष २०७४–०७५ सम्ममा शतप्रतिशत चुक्ता गरिसकेका छन् । बाँकी रहेको कुल ४९% सेयरमध्ये २ करोड ९४ लाख कित्तामध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले १९.५% (१ करोड १७ लाख कित्ता), संस्थापक कम्पनीका कर्मचारीका लागि ३.५% (२१ लाख कित्ता) रहेको छ । 

यसैगरी, ऋणदाता संस्थाका कर्मचारीलाई १% (६ लाख कित्ता) गरी कुल २४% (१ करोड ४४ लाख कित्ता) बिक्री भइसकेको छ । अब बाँकी रहेको २५% सेयर स्थानीय र सर्वसाधारणका लागि खुला गर्न लागिएको हो । यसमा स्थानीयलाई १०% र सर्वसाधारणलाई १५% हुनेछ । 

मध्य भोटेकोशीको २७ लाख कित्ता आइपीओ खुला, यी ७ संस्थाका कर्मचारीले पाउँछन् भर्न

भोटेकोशीको आइपीओ बाँडफाँट, सञ्चयकर्ता र कर्मचारीलाई कति कित्ता हात पर्यो ?

मध्ये भोटेकोशीको १ अर्ब ५० करोडको आइपीओ आउने, रेटिङ सम्पन्न

 

Post Your Comment