Market Closed

नेप्सेमा यी ३ कम्पनीको १ करोड २१ लाख ७९ हजार कित्ता सेयर सूचीकरण

03 Dec,2019
  • share_listing_12_3_2019_3_36_47.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेप्सेमा मंगलबार ३ कम्पनीको १ करोड २१ लाख ७९ हजार ३२१.६४ कित्ता सेयर थप भएको छ । जसमा सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकको ५७ लाख २६ हजार ३०० कित्ता हकप्रद सेयर रहेको छ । बैंकले गत भदौ १२ गतेदेखि असोज १५ गतेसम्म २०% हकप्रद सेयर बिक्री खुला गरीएको थियो । सोही हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । 
 
त्यसैगरी, माछापुच्छ्रे बैंकको ४० लाख २७ हजार ८४७ कित्ता बोनस सेयर पनि नेप्सेमा सुचीकृत भएको छ । यस बैंकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट सेयरधनीलाई ५% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस नेप्सेमा सूचीकरण  गरिएको हो । 
 
नागरिक लगानी कोषको पनि २४ लाख २५ हजार १७४.६४ कित्ता सेयर सूचीकृत भएको छ । कोषले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट सेयरधनीलाई २२% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस नेप्सेमा सूचीकृत भएको हो ।
 

Post Your Comment