नेपाली पैसा
काठमाडौं :
माछापुच्छ्रे बैंकको खुद नाफामा न्यून मात्रै वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासम्म आइपुग्दा खुद नाफा १.१६% ले बढेर ३७ करोड ६० लाख ५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा ३७ करोड १६ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । असोज मसान्तसम्म आइपुग्दा यसको वितरण योग्य नाफा १५ करोड ५ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।
बैंकको खुद ब्याज आम्दानी १३.०४% र सञ्चालन नाफा ३.२८% ले बढेको छ । खराब कर्जा ०.१६% ले घटेर ०.३१% मा आएको छ । असोज मसान्तसम्म आधारदर १०.५६% रहेको छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७८ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ६४ पैसा रहेको छ ।
माछापुच्छ्रे बैंकले गत वर्षको नाफाबाट प्रस्ताव गरेको १६% लाभांश साधारण सभाबाट पारित भइसकेको छ । बैंकले ५% बोनस सेयर र ११% नगद लाभांश पारित गरेको हो ।