Market Closed

मेगा बैंकले सेयरधनीलाई बाँड्न मिल्ने नाफा कति ?

14 Aug,2020
  • Mega-bank-nepal_8_14_2019_8_19_13.jpg
नेपाली पैसा
 
काठमाडौं : मेगा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा ६.६९% ले थोरै हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ६२ करोड रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी ९.८८% ले बढ्दा सञ्चालन नाफा भने ७.७०% ले घटेको छ । असार मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा १७.८२% ले घटेर १ अर्ब ११ करोड रुपैयाँमा खुम्चिएको छ ।



बैंकले निक्षेप संकलन ६२.५४% र कर्जा लगानी ५८.०३% बढाएको छ । हाल यसको चुक्ता पुँजी १३ अर्ब १३ करोड रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ३२ करोड रुपैयाँ छ । मेगाको खराब कर्जा अनुपात बढेर १.२०% पुगेको छ । प्रतिसेयर आम्दानीमा पनि २ रुपैयाँ ०३ पैसाको गिरावट आएर १४ रुपैयाँ ५२ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ९९ पैसा रहेको छ । 
 

Post Your Comment