Market Closed

मेगा बैंकको असोज ११ बाट १८ लाख ४० हजार कित्ता सेयर लिलामी खुल्ने

20 Sep,2020
  • Auction_8__9_20_2020_9_52_07.jpg
नेपाली पैसा 
 
काठमाडौं : मेगा बैंकले असोज ११ गतेदेखि १८ लाख ४० हजार ७३९.६३ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । बैंकले संस्थापक समूहको ११ लाख ३३ हजार ३४४.७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४.६३ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ सय कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद असोज १८ गतेसम्म रहेको छ ।

यसअघि बैंकले २०७४ भदौ २७ गतेदेखि कात्तिक १४ गतेसम्म ६५% कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा १८ लाख ४० हजार ७३९.६३ कित्ता सेयरमा आवेदन परेको थिएन । सोही बाँकी सेयर बैंकले अहिले लिलामीमा ल्याउन लागिएको हो । यसमा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स त्रिपुरेश्वर काठमाडौं र मेगा बैंकका देशभरका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । 
 
लिलामी सेयरमा आवेदन दिने स्थानहरु

 

Post Your Comment