Market Closed

मेगा बैंकको नाफा ३७.२८% ले बढ्दा अन्य सूचकहरु कस्ता ?

28 Jan,2021
  • Mega-bank-nepal_8_14_2019_8_19_13_1_28_2021_2_38_14.jpg
नेपाली पैसा

काठमाडौं :  मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । नाफा गत वर्षको भन्दा ३७.२८% ले धेरै हो । गत वर्ष बैंकले ९५ करोड २ लाख रुपैयाँ नाफा कमाएको थियो । मेगाकोे वितरण योग्य नाफा पनि ८.६७% ले बढेर ६८ करोड १३ लाख रुपैयाँ भएको छ । 
 
मेगाको पुस मसान्त सम्ममा खुद ब्याज आम्दानी २६.६०% र सञ्चालन नाफा ३४.४६% ले बढेको छ । ब्याज आम्दानी र सञ्चालन नाफा गत वर्षभन्दा बढेकोेले खुद नाफा बढ्नमा मद्धत पुगेको देखिन्छ । बैंकले निक्षेप ६०.३४% र कर्जा लगानी ६६.३२% ले बढोत्तरी बढाउन सफल भएको छ ।

यसको खराब कर्जा भने १.४९% बाट बढेर १.७१% भएको छ । मेगाको प्रतिसेयर आम्दानी ३२ पैसाले घटेर १७ रुपैयाँ ९७ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ भने ४ रुपैयाँ ३९ पैसाले बढेर १३१ रुपैयाँ ६४ पैसा भएकोे छ । 

Post Your Comment