नेपाली पैसा
काठमाडौं : मेरो माइक्रोफाइनान्स वित्तीय संस्था पनि मर्जर वा एक्विजिसनमा जान तयार भएको छ । कम्पनीले यसका लागि ४ सदस्यीय मर्जर तथा प्रप्ति समिति गठन गरेको छ । समितिको संयोजन सुमित बाबु खत्रीले रहेका छन् ।
यस्तै, सदस्यमा राजा अर्याल र बद्री प्रसाद पुडासैनी रहेका छन् । रामहरि दहाललाई भने सदस्य सचिवमा नियुक्त गरिएको छ । उक्त समितिले मर्जर तथा एक्विजिसनका लागि सम्भावना अध्ययन तथा छलफल लगायत अन्य आवश्यक गृहकार्य गर्नेछ ।
नेपाल राष्ट्र बैंकको नीतिका कारण बैंक तथा वित्तीय संस्थाहरुमा मर्जरको लहर चलेको छ । सोही कारण वाणिज्य बैंकका साथै अहिले मर्जर तथा एक्विजिसनका लागि लघुवित्त कम्पनीहरु पनि तातिएका छन् ।
