Market Closed

मेरो माइक्रोफाइनान्सको खुद नाफा ७६.९३% ले बढे पनि इपीएसमा यसकारण गिरावट

30 Jul,2019
  • Mero-microfinance-bittiya-sanstha-Ltd_8_14_2018_11_08_30.jpg
नेपाली पैसा
 
काठमाडौं : मेरो माइक्रोफाइनान्स लघुवित्तले वित्तीय अवस्था मजबुत बनाउँदै लगेको छ । संस्थाले अर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्ममा खुद नाफा ७६.९३% ले वृद्धि गरी १६ करोड ७६ लाख २२ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष यसै अवधिमा संस्थाको नाफा ९ करोड ४७ लाख ३४ हजार रुपैयाँ थियो । 
 
मेरोको रिजर्भ कोषमा पनि आकर्षक सुधार आएको छ । यस अवधिमा रिजर्भ कोष ११३.८३% ले बढेर ३३ करोड ९० लाख ८३ हजार रुपैयाँ पुगेको छ । तर चुक्ता पुँजी १३०% ले वृद्धि हुँदा प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ । कम्पनीले हालै मात्र १००% हकप्रद बिक्री गरी चुक्ता पुँजी बढाएको हो । प्रतिसेयर आम्दानी २५ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ७ पैसामा झरेको छ ।

मेरो माइक्रोफाइनान्सको वित्तीय विवरण यहाँबाट हेर्नुहोस् ।

Post Your Comment