Market Closed

मेरो माइक्रोफाइनान्सको ३०% बोनस, कर तिर्न नगद पनि

26 Aug,2019
  • bonus_img_8_26_2019_11_30_04.jpg
नेपाली पैसा
 
काठमाडौं : मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले ३१.५८% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार (भदौ ९ गते) बसेको सञ्चालक समिति बैठकले २०७५–७६ को नाफाबाट ३०% बोनस र १.५८% नगद वितरण गर्ने निर्णय गरेको हो । यसर्थ, कम्पनीले १९ करोड ७३ लाख ४० हजार बराबरको बोनस वितरण गर्नेछ । कर तिर्न १ करोड ३ लाख ९३ हजार रुपैयाँ नगद लाभांश बाँड्नेछ । 
 
अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढाइनेछ । हाल कम्पनीको चुक्ता पुँजी ६५ करोड ७८ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि मेरोको चुक्ता पुँजी ८५ करोड ४१ लाख रुपैयाँ पुग्नेछ । 
 
कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा १६ करोड ७६ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ ४८ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ७ पैसा छ ।  


Post Your Comment