Market Closed

मेरो माइक्रोफाइनान्सको कात्तिक २९ मा एजीएम, यसरी हुनेछ बुक क्लोज

23 Oct,2019
  • agm_newimg_10_23_2019_10_19_33.jpg
नेपाली पैसा
 
काठमाडौं : मेरो माइक्रोफाइनान्सको सातौ वार्षिक साधारण सभा कात्तिक २९ मा हुने भएको छ । सभामा ३०% बोनस सेयर र कर तिर्न १.५८% नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । कम्पनीले १९ करोड ७३ लाख ४० हजार रुपैयाँ बराबरको बोनस सेयर र १ करोड ३ लाख ८६ हजार ३१५ रुपैयाँ नगद लाभांश प्रस्ताव गर्न लागेको हो । सभा होटल वाटर टावर विदुर–३, बट्टार, नुवाकोटमा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनी अन्य कुनै वित्तीय संघसंस्थामा गाभ्न– गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ । सर्वसाधारण लगानीकर्ताको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम समेत रहेको छ । कम्पनीको आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि हुनेछ । साधारण सभा गर्न मेरोले कात्तिक २० गतेदेखि कात्तिक २९ गतेसम्म बुक क्लोज गर्नेछ । कात्तिक १९ गतेसम्म कायम सेयरधनी लाभांसको हकदार हुनेछन् । 

मेरो माइक्रोफाइनान्सको एजीएम सम्बन्धी विस्तृत जानकारी यहाँबाट लिनुहोस् । 

Post Your Comment