Market Closed

मेरो माइक्रोफाइनान्सको ३०% बोनस हात पार्ने आज अन्तिम अवसर

05 Nov,2019
  • AGM_img_11_5_2019_9_56_34.jpg
नेपाली पैसा 

काठमाडौं : मेरो माइक्रोफाइनान्सको ३०% बोनस सेयर सुरक्षित गर्ने मंगलबार (कात्तिक १९ गते) अन्तिम दिन हो । मेरो बोनस अनुमोदन गर्न कात्तिक २९ गते साधारण सभा गर्दैछ । यसका लागि बुधबार (कात्तिक २० गते)  देखि बुक क्लोज हुनेछ । सभामा कम्पनीले ३०% बोनस सेयर र कर तिर्न १.५८% नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ ।

कम्पनीले १९ करोड ७३ लाख ४० हजार रुपैयाँ बराबरको बोनस सेयर र १ करोड ३ लाख ८६ हजार ३१५ रुपैयाँ नगद लाभांश प्रस्ताव गर्न लागेको हो । सभा होटल वाटर टावर विदुर–३, बट्टार, नुवाकोटमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनी अन्य कुनै वित्तीय संघसंस्थामा गाभ्न– गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ ।

सर्वसाधारण लगानीकर्ताको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम समेत रहेको छ । आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि हुनेछ ।

मेरो माइक्रोफाइनान्सको एजीएम सम्बन्धी विस्तृत जानकारी यहाँबाट लिनुहोस् । 

Post Your Comment