Market Closed

मेरोको नाफा ५५.९२% ले बढ्दा प्रतिसेयर आम्दानी घट्नुको यस्तो छ कारण

07 Nov,2019
  • Mero-microfinance-bittiya-sanstha-Ltd_8_14_2018_11_08_30.jpg
नेपाली पैसा

काठमाडौं : मेरो माइक्रोफाइनान्सको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा खुद नाफा ५५.९२% ले बढेर ४ करोड २७ लाख २९ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसैअवधिमा यसले २ करोड ७४ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
 
मेरोको खुद नाफा बढे पनि प्रतिसेयर आम्दानी भने ७ रुपैयाँ ३५ पैसाले घटेको छ । यसको कारण भनेको संस्थाको चुक्ता पुँजी बढेअनुसार नाफा बढाउन नसक्नु हो । पहिलो त्रैमाससम्म आइपुग्दा यसको चुक्ता पुँजी शतप्रतिशतले बढेको छ । यसअवधिमा प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ८४ पैसा रहेको छ । यता, मेरोको जगेडा कोषमा पनि आकर्षक सुधार आएको छ । यसअवधिमा जगेडा कोष ३०९.४३% ले बढेर ४२ करोड ६५ लाख २३ हजार रुपैयाँ पुगेको छ । यसको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमाशः ६८.८१% र ३५.५०% ले बढेको छ । 

Post Your Comment