Market Closed

मञ्जुश्री फाइनान्सलाई ५० करोडको ऋणपत्र निष्कासन गर्न अनुमति

20 Jan,2021
  • debenture_1_20_2021_11_23_20.jpg
नेपाली पैसा
 
काठमाडौं : मञ्जुश्री फाइनान्सले ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ५ लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये २ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ३ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ ।
 
यस ऋणपत्रमा वार्षिक ९.५% ब्याजदर पाइनेछ । कम्पनीले ८ बर्ष अवधिको मञ्जुश्री फाइनान्स २०८५ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले लिमिटेडले गर्नेछ । 
 

Post Your Comment