महालक्ष्मी विकास बैंकको बोनस सेयर आइपुग्यो डिम्याट खातामा

13 Feb,2020
  • bonus_2_13_2020_4_42_26.png
नेपाली पैसा 
 
काठमाडौं : महालक्ष्मी विकास बैंकले ८% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । बैंकले हालसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।

अनिमात्र बोनस जम्मा हुने बैंकको भनाई छ । महालक्ष्मीको कात्तिक २९ गते सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट ८% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
 

Post Your Comment