नेपाली पैसा
काठमाडौं : मिर्मिरे लघुवित्त वित्तीय संस्थाको पूर्वघोषित लाभांश संशोधन गरिएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले अब गत वर्षको नाफाबाट ९.२०% बोनस र कर प्रयोजनको लागि ०.४८% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश लगानीकर्ताले राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि पाउनेछन् ।
यसअघि संस्थाको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले १२% बोनस सेयर र कर प्रयोजनको लागि ०.६३% नगद लाभांश दिने निर्णय गरेको थियो ।