Market Closed

मुक्तिनाथको वितरणयोग्य नाफा ११ करोडभन्दा बढी

18 Nov,2019
  • Muktinath-bikas-bank-ltd_7_19_2018_12_12_34_8_29_2019_10_12_30.jpg
नेपाली पैसा
 
काठमाडौं : मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ८७ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो खुद नाफा गत वर्षको भन्दा ५.२३% ले धेरै हो । गत वर्ष बैंकले २१ करोड ७३ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा ११ करोड ४३ लाख ३४ हजार रुपैयाँ रहेको छ । यो कतिपय वाणिज्य बैंकहरुको भन्दा पनि धेरै हो । 
 
बैंकले खुद ब्याज आम्दानीमा पनि १२.१७% ले सुधार गरी ५२ करोड ३६ लाख पुर्याएको छ । गत वर्ष यो बैंकले ४६ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सञ्चालन नाफा पनि ३१ करोड ५५ लाख रुपैयाँबाट बढेर ३२ करोड ५७ लाख रुपैयाँ पुगेको छ । 
 
असोजसम्म मुक्तिनाथले ४४ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब २६ करोड रुपैयाँ कर्जा विस्तार गर्न सफल भएको वित्तीय विवरणमा देखिन्छ । हाल यसको चुक्ता पुँजी ३ अर्ब ६ करोड ४७ लाख रुपैयाँ रहेको छ । बैंकले हालै बिक्री गरेको २०% हकप्रद र बाँकी रहेको लिलामी सेयरपछि चुक्ता पुँजी ३ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ पुग्नेछ ।

बैंकले यही पुँजीमा १७.६०% बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.९३% नगद लाभांश वितरण गर्दैछ । प्रस्तावित लाभांश २०% हकप्रद भर्नेले पनि पाउनेछन् । प्रस्तावित बोनस वितरणपछि पुँजी ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार पुग्नेछ ।

यस्तै, बैंकको रिजर्भ कोषमा ७६ करोड ६६ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ८१ करोड ९९ लाख रुपैयाँ रहेको छ ।यसको खराब कर्जा भने ०.०२% बाट बढेर ०.१३% भएको छ । मुक्तिनाथको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ८६ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ७७ पैसा छ । 

मुक्तिनाथको वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् । 
 
 
 

Post Your Comment