मुक्तिनाथको लाभांश सुरक्षित गर्ने यस्तो छ कार्य तालिका

19 Nov,2019
  • Muktinath-bikas-bank-ltd_7_19_2018_12_12_34_8_29_2019_10_12_30.jpg
नेपाली पैसा
 
काठमाडौं : मुक्तिनाथ विकास बैंकले मंसिर ३० गते साधारण सभा बोलाएको छ । सभामा बैंकले १८.५३% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । बैंकले गत वर्षको नाफाबाट १७.६०% बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.९३% नगद लाभांश वितरण गर्न लागेको हो । यस्तै, सामूहिक लगानी कोष स्थापना गरी कोष प्रवर्धकको काम गर्ने एजेन्डा पनि छ । 
 
सभा होटल पोखरा ग्रान्ड, पार्दी बिरौटामा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने २ गरी कुल ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि छ । 
 
मुक्तिनाथले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा सभामा पेश गर्नेछ । अधिकृत पुँजी ५ अर्ब पुर्याउने र सोही बमोजिम प्रबन्धपत्र संसोधन गर्ने एजेन्डा पनि छ । सभा गर्न बैंकले मंसिर २३ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्नेछ । मंसिर २२ गतेसम्म कायम रहने सेयरधनी लाभांशको हकदार हुनेछन् । 

Post Your Comment