Market Closed

मुक्तिनाथको ४ लाख कित्ता सेयर लिलामी बिक्री खुला

24 Nov,2019
  • auctions_4_11_22_2019_1_49_15_11_24_2019_10_33_36.jpg
नेपाली पैसा 

काठमाडौं :  मुक्तिनाथ विकास बैंकले आइतबार (मंसिर ८ गते) बाट ४ लाख ३ हजार २२० कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । यसमध्ये १ लाख २ हजार ५१६ कित्ता संस्थापक र ३ लाख ७०३ कित्ता सेयर सर्वसाधरण समूहको रहेको छ । बैंकले हकप्रद सेयर जारी गर्दा सबै बिक्री नभएपछि त्यसलाई लिलामी प्रक्रियाबाट बिक्रीमा ल्याएको हो । 
 
यो लिलामी सेयरमा मंसिर १५ गतेसम्म आवेदन दिन पाइने छ । यसमा न्यूनतम अंकित मूल्य १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्छ । बैंकले बोलकबोलका लागि काठमाडौं उपत्यकामा मुक्तिनाथ क्यापिटल, ट्रेड टावरमा संकलन केन्द्र तोकेको छ ।
 
उपत्यका बाहिर पृथ्वीचोक पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत, विराटनगर र जनकपुरबाट लिलामीमा आवेदन दिन सकिनेछ । बैंकले गत भदौ १२ गतेदखि कात्तिक १५ गतेसम्म २०% हकप्रद सेयर बिक्री गरेको थियो । त्यतिबेला बिक्री हुन बाँकी रहेको सेयर अहिले लिलामीमा ल्याइएको हो ।
 

Post Your Comment