Market Closed

मुक्तिनाथको १८.५३% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

08 Dec,2019
  • Muktinath-bikas-bank-ltd_7_19_2018_12_12_34_8_29_2019_10_12_30.jpg
नेपाली पैसा 
 
काठमाडौं : मुक्तिनाथ विकास बैंकको १८.५३% लाभांश सुरक्षित गर्ने आज आइतबार (मंसिर २२ गते) अन्तिम दिन हो । मंसिर ३० गते साधारण सभा गर्न मुक्तिनाथले  मंसिर २३ गते सोमबारदेखि ३० गतेसम्म बुक क्लोज गर्दैछ ।  सभामा गत वर्षको नाफाबाट १७.६०% बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.९३% नगद लाभांश वितरणको प्रस्ताव गर्नेछ । यस्तै, सामूहिक लगानी कोष स्थापना गरी कोष प्रवर्धकको काम गर्ने एजेन्डा पनि छ । 
 
सभा होटल पोखरा ग्रान्ड, पार्दी बिरौटामा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने २ गरी कुल ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि छ । 
 
मुक्तिनाथले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा सभामा पेश गर्नेछ । अधिकृत पुँजी ५ अर्ब पुर्याउने र सोही बमोजिम प्रबन्धपत्र संसोधन गर्ने एजेन्डा पनि छ । 

मुक्तिनाथको एजीएम सम्बन्धी सूचना 

Post Your Comment