महुली लघुवित्तको सेयर कारोबार रोक्का, नव किरणसँग मर्ज हुँदै

23 Jan,2020
  • Merger_1_23_2020_10_56_28.jpg
नेपाली पैसा
 
काठमाडौं : महुली लघुवित्त र नव किरण लघुवित्त वित्तीय संस्था आपसमा मर्ज हुने भएपछि बिहीबार (माघ ९ गते) देखि महुली लघुवित्तको सेयर कारोबार रोक्का भएको छ । यता, अब नव किरणको आइपीओ जारी नभएकाले नेप्सेमा कारोबार हुँदैन । अब एकीकृत कारोबारपछि महुली लघुवित्तको नामबाट सेयर कारोबार खुला हुनेछ । यी दुई कम्पनीहरुबीच बुधबार (माघ ८ गते) मर्ज सम्बन्धी सहमतिमा हस्ताक्षर भएको हो । 
 
सप्तरीमा केन्द्रीय कार्यालय रहेको महुली लघुवित्तले सर्वसाधारणमा आइपीओ समेत जारी गरिनसकेको काभ्रेपलाञ्चोकको नव किरण लघुवित्तसँग मर्ज हुन लागेको हो ।  यस सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर समेत भइसकेको छ । केन्द्रीय बैंकले मर्जर तथा एक्विजिसनलाई प्राथमिकतामा राखेको क्रममा थप मजबुत हुने हिसाबले गाभ्ने, गाभिने निर्णय गरिएको दुवै कम्पनीले जनाएका छन् ।

महुलीको १५ जिल्लामा कार्य क्षेत्र रहेको छ भने नव किरणले राष्ट्रिय स्तरको लघुवित्तको अनुमति पाएको छ । यसआधारमा अब गाभिएपछि महुली राष्ट्रियस्तरको लघुवित्त कम्पनी बन्नेछ । 

महुली लघुवित्तको नगद लाभांश खातामै आयो


 

Post Your Comment