Market Closed

नारायणी डेभलपमेन्टको शतप्रतिशत हकप्रद समायोजनपछिको भाउ कति ?

13 Jan,2021
  • Right_share_8_10_5_2020_4_44_51_1_5_2021_10_06_57.jpg
नेपाली पैसा

काठमाडौं : नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको शतप्रतिशत हकप्रद सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको भाउ ४६५ रुपैयाँ निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर बुधबार बैंकको सेयर कारोबार खुल्नेछ । नेप्सेले अघिल्लो कारोबार दिन मंगलबारको अन्तिम कारोबार मूल्य ८२९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
 

बैंकले माघ १३ गतेबाट निष्कासन गर्ने शतप्रतिशत हकप्रदको लागि बुधबार पुस २९ गते बुक क्लोज गरेको छ । मंगलबार पुस २८ गतेसम्म कायम सेयरधनीले बैंकले निष्कासन गर्न लागेको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । हाल यस बैंकको चुक्ता पुँजी ६ करोड ५६ लाख १७ हजार रुपैयाँ रहेको छ । १००% हकप्रद निष्कासनपछि चुक्ता पुँजी १३ करोड १२ लाख ३४ हजार रुपैयाँ पुग्नेछ ।
 

Post Your Comment