Market Closed

एकै दिन ३१ कम्पनीको एजीएम : कसको कति छ लाभांश ?

12 Jan,2021
  • Annual-General-Meeting1_1_12_2021_7_12_37.png
नेपाली पैसा
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ३१ वटा कम्पनीले बुधबार (पुस २९ गते) एकै दिन वार्षिक साधारण सभा गर्दैछन् । विगत वर्षहरुमा जस्तै यस वर्ष पनि वार्षिक साधारण सभा गर्न सूचीकृत कम्पनीहरुले अन्तिम समयसम्म पर्खिएका हुन् । नियामकीय प्रवधान अनुसार सूचीकृत कम्पनीहरुले सामान्यतयः पुस मसान्तभित्र साधारण सभा गरिसक्नुपर्छ ।

यही प्रावधानलाई पालना गर्न भन्दै  पब्लिक कम्पनीहरुले तोकिएको म्यादको पनि अन्तिम दिनमा आएर मात्र सभा गर्न लागेका हुन् । बुधबार साधारण सभा गर्न लागेका सबै कम्पनीहरुको बुक क्लोज भइसकेको छ । यसआधारमा, लाभांश पाउने र साधारण सभामा भाग लिनसक्ने सेयरधनीहरुको पनि छिनोफानो भइसकेको छ । लगानीकर्ताले लाभांश पाउन साधारण सभासम्म पर्खिनुपर्ने हुन्छ ।

सूचीकृत कम्पनीहरुले वार्षिक साधारण सभाबाट लाभांश प्रस्ताव पारित गरेपछि मात्र लगानीकर्ताको हातमा पर्दछ । तर पछिल्लो समय सूचीकृत कम्पनीहरुमा अन्तिम समयमा आएर मात्र काम गर्ने प्रवित्ति हावी हुँदै गएको छ । जसका कारण लगानीको प्रतिफल पाउन विलम्ब हने अवस्था उत्पन्न भएको छ । हेरौं, कुन–कुन् कम्पनीहरुले महिनाको अन्तिम दिन अर्थात पुस २९ गते वार्षिक साधारण सभा गर्दैछन् ।
 
८ वाणिज्य बैंकको सभा पुस २९ गते बुधबार 
 
नेप्सेमा सूचीकृत २६ वाणिज्य बैंक मध्ये ८ बैंकले बुधबार पुस २९ गते साधारण सभा बोलाएका छन् । ब्लु चिप कम्पनीको रुपमा चिनिएको नबिल बैंक लगायतले समेत महिनाको अन्तिम दिन साधारण सभा गर्दैछ ।

 
२ विकास बैंकको पनि बुधबार नै
 
कामना सेवा र साइन रेसुंगा डेभलपमेन्ट बैंकले पनि पुस २९ गते एजीएम गर्दैछन् । दुवैले सभामार्फत लाभांश पारित गर्ने एजेन्डा बनाएका छन् ।

 
८ लघुवित्त कम्पनीको एजीएम पुस २९ मा
 
नेप्सेमा सूचीकृत ५२ लघुवित्त कम्पनीहरु मध्ये ८ वटा कम्पनीको साधारण सभा पुस २९ गते बुधबार बस्दैछ । यीमध्ये गुराँस र घोडीघोडाबाहेक सबैले लाभांश वितरण गर्ने भएका छन् ।

 
पुस २९ मै ७ फाइनान्स कम्पनीको एजीएम
 
नेप्सेमा सूचीकृत ७ फाइनान्स कम्पनीहरुले पुस २९ गते साधारण सभा बोलाएका छन् । अधिकांश कम्पनीले लाभांशलाई नै मुख्य एजेन्डा बनाएका छन् ।

 
२ वटा हाइड्रोपावर कम्पनीको एजीएम पुस २९ मा
 
नेप्सेमा सूचीकृत ३७ हाइड्रोपावर कम्पनीमाध्ये २ वटाले पुस २९ गते वार्षिक साधारण सभा बोलाएका छन् । सभाका लागि दुवै कम्पनीको बुक क्लोज भइसकेको छ । तर दुवैले कुनै लाभांश पस्ताव गरेका छैनन् । 

 
हिमालयन डिस्टिलरीको एजीएम पुस २९ गते बुधबार नै
 
उत्पादनमूलक समूह अन्तर्गत हिमालयन डिस्टिलरीको साधारण सभा पुस २९ गते हुँदैछ । कम्पनीले लगानीकर्तालाई यसपाली शत्प्रतिशत लाभांश दिने भएको छ ।

 
अन्य समूहका २ कम्पनीको एजीएम पुस २९ मा
 
अन्य समूह अन्तर्गत जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) र नेपाल पुनर्बिमा कम्पनीको वार्षिक साधारण सभा पुस २९ गते बस्दैछ । दुवैले लाभांश प्रस्ताव भने गरेका छैनन् । 

 
सोल्टी होटलको एजीएम पुस २९ मा
 
होटल्स समूहअन्तर्गत सोल्टी होटलले पुस २९ गते एजीएम बोलाएको छ । गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरिएको छैन ।

 

Post Your Comment