Market Closed

नबिल बैंकको खुद नाफा घट्यो, दोस्रो त्रैमासमा अरु के–के भयो ?

28 Jan,2021
  • Nabil-bank-Ltd_7_8_15_2018_11_07_24.jpg
नेपाली पैसा
 
काठमाडौं : नबिल बैंकको खुद नाफा १.२७% ले घटेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब १ करोड ६० लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा गिरावट आएपछि खुद नाफा पनि घटेको हो । पुस मसान्तसम्म यसको वितरणयोग्य नाफा १ अर्ब ८४ करोड २८ लाख ६१ हजार रुपैयाँ छ ।

नबिलको चुक्ता पुँजी वृद्धि भएको छ भने रिजर्भ फन्डमा पनि सुधार देखिएको छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ २८ पैसाले घटेर ४० रुपैयाँ ४ पैसामा सीमित भएको छ । यता, रिटेन्ड अर्निङ शीर्षकको रकम भने तल झरेको छ । निक्षेप संकलन र कर्जा प्रवाहलाई पनि विस्तार गर्न बैंक सफल भएको देखिन्छ । 

नोट : नबिलले गत वर्षको नाफाबाट वितरण गरेको ३३.५% बोनस सेयरलाई दोस्रो त्रैमासको वित्तीय विवरणमा पुँजीकृत गरेको छ । तर प्रतिसेयर आम्दानी भने गत वर्षकै पुँजीका आधारमा हिसाब गरी विवरणमा देखाएको छ । हालको पुँजीलाई आधार मान्ने हो भने नबिलको वास्तविक प्रतिसेयर आम्दानी २९ रुपैयाँ ९१ पैसा मात्र हुन्छ ।

नबिल बैंकको दोस्रो त्रैमासिक विवरण हेर्नुहोस् ।

Post Your Comment