Market Closed

नाडेप लघुवित्तको असोज २८ मा एजीएम, बोनस वितरण अनि सेयर स्वामित्व परिवर्तन मुख्य एजेन्डा

21 Sep,2020
  • bonus_9_21_2020_9_39_41.jpg
नेपाली पैसा 
 
काठमाडौं : नाडेप लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक साधारण सभा असोज २८ गते बस्ने भएको छ । सभामा कम्पनीले गत १०% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि १९ लाख ३६ हजार ८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने एजेन्डा पनि छ । कम्पनीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट यो लाभांश वितरण गर्न लागेको हो ।  हाल कायम रहेको सेयर स्वामित्व परिमार्जन गरी अब ५१ः४९ बनाउने प्रस्ताव पनि सभामा पेश हुनेछ । अहिले  संस्थापक समूहको ७०% र सर्वसाधारणको ३०% सेयर स्वामित्व रहेको छ ।

सभा, रानीबन पार्टी ल्यालेस एन्ड रेष्टुरेन्ट, नागार्जुन काठमाडौमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीको नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन माथि पनि छलफल हुनेछ । सभा प्रयोजनका लागि नाडेपले असोज १४ गते बुक क्लोज गर्दैछ । असोज १३ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । हाल यसको चुक्ता पुँजी ३६ करोड ८० लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ४० करोड ४८ लाख रुपैयाँ पुग्नेछ ।  
 

Post Your Comment