Market Closed

नेपाल एग्रोको पुस १२ मा हुने एजीएममा के छ मुख्य प्रस्ताव ?

02 Dec,2019
  • agm_newimg_12_2_2019_1_18_15.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल एग्रो लघुवित्त वित्तीय सस्ंथाले पुस १२ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले १५% बोनस वितरण गर्ने मुख्य प्रस्ताव पेश गर्दैैछ । कर प्रयोजनका लागि ३ लाख ९३ हजार २४५ रुपैयाँ नगद बाँड्ने प्रस्ताव पनि रहनेछ । सभा सिटी स्क्वायर प्रा.लि, न्यूरोड, पोखरामा बिहान ९ बजे सुरु हुनेछ ।

सभामा सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । 
 
सभाका प्रयोजनका लागि कम्पनीले पुस १ गतेबाट सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । हाल नेपाल एग्रोको सेयर कारोबार रोक्का रहेको छ । नेपाल एग्रो र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले एक आपसमा गाभिन सहमति गरेसँगै कारोबार रोकिएको हो । 

नेपाल एग्रोको साधारण सभा सम्बन्धी सूचना क्लिक गरेर हेर्नुहोस् । 
 

Post Your Comment