Market Closed

नेपाल बंगलादेश बैंकको ८.४२% लाभांश घोषणा

01 Dec,2020
  • Nepal-Bangladesh-bank-Ltd_8_15_2019_9_15_58_12_1_2020_11_37_36.jpg
नेपाली पैसा

काठमाडौं : नेपाल बंगलादेश बैंकले ८.४२% लाभांश दिने घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ६% बोनस र कर सहित २.४२% नगद लाभांश दिने निर्णय गरेको हो । यो लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । गत वर्ष बैंकले ५% बोनस र ७% नगद लाभांश वितरण गरेको थियो । 

 

 

Post Your Comment